News Portal

  • डिशहोम फाइबर नेटले ल्यायो स्टुडेन्ट अनलाइन क्लास प्याकेज

    आर्थीकसंसार संवाददाता९ माघ, २०७८
    ६७९ पटक
    ९ माघ, २०७८

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरू भएसँगै विद्यालय तथा कलेजहरूको अनलाइन कक्षामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले यस्तो प्याकेज ल्याएको जनाएको छ ।
    कम्पनीका अनुसार स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यस प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने जनाएको छ ।
    अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्