काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफा ५४.७७ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा ७२ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६३ करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।
चालु आवको दोस्रो त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २९ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकको जगेडा कोष पनि १८.२५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँको रहेको जगेडा कोष चालु आवको दोस्रो त्रैमासिकसम्म १ अर्ब ५६ करोड रुपैयाँको पुगेको छ ।
बैंकले चालु आवको दोस्रो त्रैमासिकसम्म कुल ९२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ८५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८९.४३ प्रतिशत छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जा दर (एनपीएल) घटेर १.३१ प्रतिशत कायम भएको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.१२ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस १०.३३ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १२१.१९ रुपैयाँ छ ।
हाल सेञ्चुरी कमर्सियल बैंकमा कायम मुकाम (कामु) प्रमुख कार्यकारी अधिकृतको रुपमा मनोज न्यौपाने छन् । उनै न्यौपानेको कार्य कौशलताले नै बैंकले वित्तीय सूचकमा छलाङ मारेको वित्तीय विवरणबाट प्रष्ट हुन्छ ।
सेञ्चुरी बैंकका वित्तीय सूचक उत्साहजनक
५४.७७ प्रतिशतले बढ्यो नाफा
आर्थीकसंसार संवाददाता७ माघ, २०७८
७ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन