News Portal

  • नबिल बैंक, सीएनआई र महिला शक्ति विकाश केन्द्रबीच उद्यमशीलता विकासका लागि सम्झौता

    आर्थीकसंसार संवाददाता७ माघ, २०७८
    ९०६ पटक
    ७ माघ, २०७८

    काठमाडौं । नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ । महिलामा उद्यमशीलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता भएको हो ।
    नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।
    सम्झौतापछि बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो र महिलाहरुको आर्थिक विकाशको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।
    हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएकी नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै उक्त सम्झौताले महिलाको आर्थिक विकाश सँगसँगै देशको दिगो विकाशमा ठूलो टेवा पुर्याउने बताइन् ।
    वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकाससम्बन्धी कामहरु गर्दै आइरहेको छ ।
    नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।
    बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्