News Portal

  • नबिल बैंकका अध्यक्ष पौडेलले लिए सपथ

    आर्थीकसंसार संवाददाता६ माघ, २०७८
    १०२७ पटक
    ६ माघ, २०७८

    काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् ।
    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन  । अध्यक्ष पौडेललाई पौष ३० गते सम्पन्न बैंकको ३७औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) को प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।
    शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।
    सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा,  १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्