काठमाडौं । एभरेष्ट बैंकले जारी गरिरहेको ऋणपत्रमा हालसम्ममा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको हो ।
बैंकले गत माघ ३ गतेदेखि एभरेष्ट बैंक डिबेन्चर २०८६ नामक ऋणपत्र जारी गरिरहेको छ । जसमा हालसम्म अर्थात माघ ५ गते अपरान्ह ४ बजेसम्ममा २ हजार ३९२ जना आवेदकले १ लाख २१ हजार ६६९ थान ऋणपत्रको लागि आवेदन दिएका सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ ।
बैंकले माघ ३ गतेदेखि एक हजार रुपैयाँ दरको २० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघसंस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा माघ ६ हुने छ । यससँगै इच्छुकले भोलि अर्थात माघ ६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन पाउने छन् । यदि उक्त समयसम्म कम्पनीको मागअनुसार आवेदन नपरेमा बैंकले ऋणपत्र निष्काशन खुलाको मिति थप्ने छ ।
एभरेष्ट बैंकले बिक्री गरिरहेको ऋणपत्रमा कति पर्यो आवेदन ?
आर्थीकसंसार संवाददाता५ माघ, २०७८
५ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?