आर्थीकसंसार संवाददाता४ माघ, २०७८
४ माघ, २०७८काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।