काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले कम्पनीलाई साउन २६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो ।
जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिकामा रहेको छ भने सल्भ लघुवित्त धनकुटा नगरपालिका र गरिबी निवारण लघुवित्त सप्तरीको राजविराजमा रहेको छ । अब मर्जरपश्चात जीवन विकासको केन्द्रीय कार्यालय मोरङको कटहरीबाट वित्तीय सेवा प्रदान गर्नेसमेत सूचनामा जनाएको छ । त्यस्तै, एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसन गर्नुपर्ने भएकोले तीनवटै लघुवित्तले प्रदान गर्ने सेवा भदौ १९, २० र २१ गते बन्द हुने कम्पनीले जनाएको छ ।
तीनवटा लघुवित्तले जीवन विकास लघुवित्तको नाममा भदौ २२ देखि एकीकृत कारोबार सुरु गर्ने
आर्थीकसंसार संवाददाता१४ भदौ, २०७७
१४ भदौ, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता