काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धति खाताको प्रोडक्ट जारी गरेको छ ।
अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुवातपश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन् ।
यसबाट विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरिकले आफ्नै घर÷कार्यालयमा बसी बैंक खाता खोल्नसक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको शाखा व्यवस्थापन विभागका कामु विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले बताइन् ।
यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
विदेशी मुद्राको खातामा प्रदान गरिने व्याजमा समेत यो बैंक अन्य बैंकभन्दा अगाडि रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धति खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदरसम्बन्धी सूचनामा उल्लेख गरेको छ ।
यसअघि रेमिटान्स वचत खाता र रेमिटान्स मुद्धती खातासमेत सुरु गरिसकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ ।
यसका साथै विदेशमा रहेका नेपालीले रेमिटान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा वचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।
कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता सेवा सुरु
आर्थीकसंसार संवाददाता१ माघ, २०७८
१ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो