News Portal

  • सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३० पुष, २०७८
    ११६५ पटक
    ३० पुष, २०७८

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो ।
    उक्त सभामा २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तीय प्रतिवेदन बमोजिमको वित्तीय विवरण पेश गर्नुको साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
    त्यसैगरी आगामी आवको लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्