काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनलिस्ट तथा गहन विश्लेषण, रिसर्चरको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसँग भएको नगद रकम वा शेयरको मूल्यांकन गराई प्रवेश गर्न सकिने कम्पनीले जनाएको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिङको इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा सञ्चालनमा
आर्थीकसंसार संवाददाता३० पुष, २०७८
३० पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?