काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर ७५ प्रतिशत मत नपुगेर अस्वीकृत भएको छ । पुस ३० गते भएको हिमालयन बैंकको वार्षिक साधारणसभाले प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण मर्जरसम्बन्धी विशेष प्रस्ताव अस्वीकृत गरेको हो ।
उक्त विशेष प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।
प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम उक्त विशेष प्रस्तावको हकमा सभामा उपस्थित सेयरधनीहरुमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था थियो ।
सभाले सेयरधनीलाई वितरण गर्ने २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश भने पारित गरेको छ । यससँगै बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने छ ।
बैंकले २९औं वार्षिक साधारणसभा कोभिड–१९को बढी रहेको संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वस्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट गरेको हो ।
हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५ हजारभन्दा बढी पीओएस टर्मिनलस् संख्याबाट सेवा प्रदान गर्दै आएको छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई १ खर्ब ३२ अर्ब रुपैयाँ लाख पुगेको छ ।
हिमालयन बैंकको लाभांश पारित
आर्थीकसंसार संवाददाता३० पुष, २०७८
३० पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?