काठमाडौं । प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो ।
पारिमार्जित लाभांशअनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन बीमा समितिले स्वीकृति पनि गरिसकेको छ ।
कम्पनीले यसअघि प्रस्ताव गरेकोमा बोनसदर करिब दोब्बरले बढाएर र नगद लाभांशदर घटाएर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यसअघि सेयरधनीलाई बोनस र नगद लाभांश बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांशमा फेरबदल गरेको हो ।
यससँगै समितिले स्वीकृति दिएको परिमार्जित लाभांशलाई इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने निश्चित हुन्छ ।
त्यस्तै, इन्स्योरेन्सले आगामी माघ २१ गते भच्र्युअल माध्यमबाट २८औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ ५ गते बुक क्लोज गर्दै छ । यससँगै माघ ४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर पाउने छन् ।
प्रिमियर इन्स्योरेन्सको दोब्बरले बढ्यो बोनसदर
आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
२९ पुष, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न