
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरेको छ ।
बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरेको हो ।
समाज केन्द्रको कार्यालयमा आयोजित एक समारोहकाबीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्रीहरु समाज केन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उक्त समाज केन्द्रमा रहेका बालबालिकाहरुको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास रावलले बताएका थिए ।
यस बैंकले कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।