काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा मिति २०७८ पौष २९ गते बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भयो ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।
बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२९ पुष, २०७८
२९ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?