News Portal

  • शिवम् सिमेन्टले थप ३ हजार बढी निर्माणकर्मीको गरिदियो जोखिम बीमा

    आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
    ७३३ पटक
    २७ पुष, २०७८

    काठमाडौं । शिवम् सिमेन्टले थप ३ हजार ४५ निर्माणकर्मीको ५ लाख बराबरको जोखिम बीमा गरिदिएको छ । शिवम्ले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको बीमा गरिदिएको हो ।
    शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका निर्माणकर्मीहरुसँग गरेका निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई उक्त बीमा पोलिसी प्रदान गरेको छ । ।
    उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एवंम अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

    प्रतिकृया दिनुहोस्