काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले संस्थामा कार्यरत कर्मचारीहरुलाई पिकनिकको मनोरन्जका साथै कार्यक्षमता अभिबृद्धिसम्बन्धी अन्तरक्रिय तथा ताालिम दिएको छ । उक्त कार्यक्रम गोरखा जिल्लाको सदरमुकाममा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सहभागी २६ जना कर्मचारीहरुलाई क्यापिटलका कर्मचारी विभागका प्रमुख मणिराज काफ्ले तथा प्रमुख कार्यकारी अधिकृत झनकरकाज ढुंगेलले सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्त दुरुस्त के कसरी सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिबृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्तो योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रशिक्षण दिए । उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरु समेत सहभागिता रहेको थियो ।
छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै दिनानुदिन ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरी विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको छ ।
संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।
सिभिल क्यापिटलद्धारा कर्मचारीलाई कार्यक्षमता अभिवृद्धि ताालिम सम्पन्न
आर्थीकसंसार संवाददाता२७ पुष, २०७८
२७ पुष, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन