
काठमाडौं । बैंक अफ काठमाण्डूक ग्राहकले द सुसी बार एण्ड मल्टी फ्युजन कुजिनको सेवामा छुट पाउने भएका छन् ।
यसको लागि बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
योसँगै बैंकका ग्राहकहरुले द सुसी बार एण्ड मल्टी फ्युजन कुजिनमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि बैंकका ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
द सुसी बार एण्ड मल्टी फ्युजन कुजिनले काठमाडौंस्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।