News Portal

  • एशियन लाइफ इन्स्योरेन्सले दियो मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    ९९३ पटक
    २३ पुष, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले सुन्दरहरैचा–१०,मोरङ्गका बीमित हिमादेवी थापाको छोरी विजीता थापालाई ४ लाख १९ हजार २५६ रुपैयाँको चेक एक समारोहबीच दिएका हुन् । उक्त रकम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक खगेन्द्रप्रसाद भण्डारी, वरिष्ठ अधिकृत सुधिर शर्मा दहाल, बजार प्रबन्धक कुमार राईलगायतको रोबरमा उक्त चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
    मृतकले ८ वर्ष अगाडि ३ लाखको सावधिक बीमा योजनामा बीमा गरी ९३ हजार कर्जा लिएका थिए । कम्पनीबाट कुल रकम ४ लाख १९ हजार २ सय ५६ रुपैयाँमा उक्त कर्जा साँवा व्याज कट्टा गरी रकम प्रदान गरको हो । मृतकको ब्रेन टुयुमर भई मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्