News Portal

  • एनएमबि बैंकले स्यामसङ्ग मोबाईल किन्न शुन्य प्रतिशत ब्याजमा ऋण दिने

    आर्थिकसंसार संवाददाता१२ भदौ, २०७७
    ११८५ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
    समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायणप्रसाद भुषालले हस्ताक्षर गरेका हुन् ।
    यसअन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
    एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्