News Portal

  • सूर्या लाइफद्वारा साढे २० लाखको मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१८ पुष, २०७८
    ८९५ पटक
    १८ पुष, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले २० लाख ४८ हजारको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाख्रीबास नगरपालिका–७ का मृतक बीमित कृष्णबहादुर थापाको मृत्यु दावी भुक्तानी गरेको हो ।
    कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमाङ्क वापतको १० लाख, दुर्घटना सुविधा वापत १० लाख र बोनस बापत ४८ हजार थप गरी एकमुष्ठ २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्तिलाई हस्तानतरण गरेको हो ।
    बीमित थापाले १० लाख बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्