News Portal

  • सूर्या लाइफ इन्स्योरेन्स बन्यो बीमा समितिको निर्देशन मान्ने पहिलो जीवन बीमा कम्पनी

    आर्थीकसंसार संवाददाता१५ पुष, २०७८
    १०५० पटक
    १५ पुष, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नियमनकारी निकाय बीमा समितिको निर्देशन पालना गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको ‘बीमा समितिबाट इजाजत प्राप्त’ भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको हो ।
    इन्स्योरेन्स नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।
    बीमा समितिको मंसिर २ को पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय तथा प्रदेशिक कार्यालयलगायत सम्पूर्ण शाखा उपशाखाहरुमा साइन बोर्डमा २०७८ मंसिर मसान्तभित्र अनिवार्यरुपमा ‘बीमा समितिबाट इजाजत प्राप्त’ भन्ने वाक्यांश राख्न निर्देशन दिएको थियो । र, सोही निर्देशन बमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशनबमोजिम ‘बीमा समितिबाट इजाजत प्राप्त’ भन्ने वाक्यांश सहितको नाम पेटिका राखेको छ ।

    प्रतिकृया दिनुहोस्