News Portal

  • सनराइज बैंकको लाभांश पारित

    आर्थीकसंसार संवाददाता१५ पुष, २०७८
    ९१८ पटक
    १५ पुष, २०७८

    काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    बैंकको हाल चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजीमा १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ कायम हुनेछ ।
    साथै साधरणसभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चलअचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
    बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटिएममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्