News Portal

  • आइएमई लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ पुष, २०७८
    १०९३ पटक
    १४ पुष, २०७८

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम दिएको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि उक्त तालिम दिएको हो ।
    उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणका लक्ष्यहरू, आतंककारी कार्यबाट संकलित कालोधनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा अन्डरराइटिङ विषयमा तालिम दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्