News Portal

  • मेगा बैंकले पुर्नकर्जाका लागि ऋणीसँग आवेदन माग

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७७
    ४५९ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । मेगा बैंकले पुर्नकर्जा लिनका लागि ऋणीहरुलाई आवेदनको आह्वान गरेको छ । बैंकले आउँदो असोज ५ गते भित्र पुर्नकर्जा सुविधा लिनका लागि आवेदन दिन भनेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले पुर्नकर्जा सुविधाका लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने छ ।
    बैंकले कोरोनबाट प्रभावित अति तथा मध्यम प्रभावित भएका ग्राहकहरुले पुर्नकर्जा उपभोग गर्न बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न आवश्यक कागजात सहित आउन अनुरोध गरेको छ । व्यवसायीहरुले अधिकतम १० करोड रुपैयाँसम्म पुर्नकर्जा लिन पाउने छन् ।

    प्रतिकृया दिनुहोस्