News Portal

  • रिलायन्स इन्स्योरेन्सका डीसीईओ कँडेलले पाए कामुको जिम्मेवारी

    आर्थीकसंसार संवाददाता१३ पुष, २०७८
    ९८३ पटक
    १३ पुष, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
    यससँगै कँडेलले पुस १३ गतेदेखि नै लागू हुने गरी अर्काे व्यवस्था नभएसम्म इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।
    प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको कार्यकाल सकिएसँगै इन्स्योरेन्सले कँडेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्