News Portal

  • नबिल बैंकले उच्च लाभांशदर पारित गर्न डाक्यो साधारण सभा

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ६२४ पटक
    ९ पुष, २०७८

    काठमाडौं । नबिल बैंकले आगामी पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ९ः३० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा आफ्नो ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
    सभाले वाणिज्य बैंकहरुमध्येकै उच्च लाभांशदर पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र करसहित ४.४ प्रतिशत नगद लाभांश प्रस्ताव उक्त सभामा लैजाँदै छ ।
    प्रस्तावित बोनस सेयर पारितपश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ । उक्त लाभांश आगामी पुस १५ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् । बैंकले आगामी पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले सो भन्दा अघिल्लो कार्यदिनसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले गत आवको लाभांश पाउने छन् ।
    साथै, सभाले संस्थापक सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्दै छ । र, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा एक्विजिसन गर्न वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक परेमा सभाले सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

    प्रतिकृया दिनुहोस्