News Portal

  • नबिल बैंकद्वारा दराज र आइमार्कसँग स्मार्टपोसको निम्ति साझेदारी

    आर्थीकसंसार संवाददाता६ पुष, २०७८
    १०६६ पटक
    ६ पुष, २०७८

    काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ ।
    यस सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् । दराजले छिटै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ ।
    त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ जसले सुरक्षित भुक्तानी सेवा प्रदान गर्नेछ ।
    आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ ।

    प्रतिकृया दिनुहोस्