News Portal

  • बंगलादेश बैंकद्वारा कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि सहयोग

    आर्थिकसंसार संवाददाता११ भदौ, २०७७
    ८०४ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । नेपाल बंगलादेश बैंकले कोभिड–१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँ बराबरका औषधि सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै हाम्रो संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधिहरु सहयोग गरिएको हो ।
    हाल देशमा आइपरेको विषम परिस्थिति र पश्चात कोभिड–१९ को जीवन रक्षक मानिएको औषधि रेन्डेसिभिर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. बंशिधर मिश्रलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने हामीले आशा लिएका छौं । उक्त औषधिको हालको बजार मूल्य करिब दुई करोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
    नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड–१९ फण्डमा एक करोड ४५ लाख प्रदान गरिसकेको कुरा बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्