News Portal

  • कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

    आर्थीकसंसार संवाददाता५ पुष, २०७८
    १०६४ पटक
    ५ पुष, २०७८

    काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमार्फत शपथ लिएका हुन् ।
    सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रही महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।
    उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु क्रमशः डा. निलम ढुंगाना तिम्सेना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्यसंजिव पौडेल, डा. इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्