काठमाडौं । अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो । यो विश्वविद्यालयमा ३०,००० बढी अन्डर–ग्रयाजुएट र पोस्ट–ग्रयाजुएट विद्यार्थीहरु अध्ययनरत छन् । यो विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाई सकिएपछि गुगल, एप्पल, र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्सजस्ता ग्लोबल कम्पनीहरुमा ४,८०० भन्दा बढी इन्टर्नशीप प्लेसमेन्टको सुविधा उपलब्ध गराएको छ ।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिबृद्धि गर्ने काम पहिलो प्राथमिकतामा राख्छ । र स्टडी ग्रुपको मुख्य उद्देश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिबृद्धि गर्ने नै हो । स्टडी ग्रुप फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत शैक्षिक कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु भर्ना गर्नको लागि ट्रस्टेड पार्टनर हो । स्टडी ग्रुपले विश्वभरीका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसनसम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको छ ।
स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्डस्मा पाथ वे प्रोभाइडर अफ द इयर पनि हुन सफल भएको थियो ।
स्टडी ग्रुपका सिइओ एम्मा ल्यान्कास्टरले भन्नुभयो, “अमेरिका अध्ययनको लागि आउन चाहने विद्यार्थीहरुमध्ये धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग र म्याथ्म्याटिक्स (एस.टि.इ.एम)अन्तर्गतका विषयहरु पर्छन् । त्यसैले हामीले यी विधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेका छौं । र हाम्रो बोका रतोनमा अवस्थित विश्वविद्यालयको मुख्य भवन पनि एकदमै शान्दार र सुन्दर छ । हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अध्ययन अनुभव प्रदान गर्न अत्यन्त उत्साहित छौँ । स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पुरा गर्न पनि सहयोग गर्नेछ । जसले अहिलेको डिजिटल संसारमा स्थानीय विद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग एकअर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्नेछ ।
पार्ट्नरशिपलाई स्वागत गर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले भन्नुभयो, “हामी स्टडी ग्रुपसँग मिलेर काम गर्न पाएकोमा अत्यन्तै हर्षित छौँ र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई हाम्रो आधुनिक र शान्दार क्याम्पसमा स्वागत गर्न उत्साहित छौं ।
स्टडी ग्रुपले फेब्रुअरी २०२२ बाट अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिन सुरु गर्नेछ । र, २०२२ को फलमा उनीहरु युनिभर्सिटी जान पाउनेछन् ।
स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता
आर्थीकसंसार संवाददाता४ पुष, २०७८
४ पुष, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता