काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा पुनः अध्यक्षमा चयन भएका छन् । उनी सिम्रिक एयरका प्रबन्ध निर्देशक हुन् । संघको २१औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका सीइओ अनोज रिमाल, द्वित्तीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका अध्यक्ष गोपाल भट्टराई, तृत्तीय उपाध्यक्षमा अल्टिच्युड एयरका सञ्चालक निमानुरु शेर्पा, महासचिवमा समिट एयरका सिइओ मनोज कार्की, सचिवमा मनाङ एयरका सेफ्टि मेनेजर राजु न्यौपाने, कोषाध्यक्षमा बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशी नियुक्त भएका छन् ।
यसैगरी संघको कार्य समिति सदस्यमा हेलि एभेरेष्टका प्रबन्ध निर्देशक फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकोप्टरका प्रवन्ध निर्देशक सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापा, कैलाश हेलिकोप्टरका श्रीहरि कार्की र एयर डाइनेस्टीका बालकृष्ण पण्डित चयन भएका छन् ।
अध्यक्ष थापाले निजी क्षेत्र सरकारसँग सहकार्य गरेर उड्डयन सुरक्षा सबल बनाउन तयार रहेको बताए । उनले हवाई इन्धनको भाउ घटाउन समेत सरकारसँग आग्रह गरे । उनले विभिन्न विमानस्थलमा जनावरका कारण हवाई उडानमा जोखिम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
पर्यटनमन्त्री प्रेम आलेले जनावरका कारण उडानमा परेको अवरोध हटाउन गम्भीर भएर लागेको बताए । पर्यटन सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउने दायित्व नियामक निकायको दायित्व भएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले उड्डयन सुरक्षाका लागि निजी क्षेत्र र सरकार हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
वायुसेवा संचालक संघको अध्यक्षमा पुनः रामेश्वर थापा चयन
आर्थीकसंसार संवाददाता३ पुष, २०७८
३ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?