News Portal

  • नेरुडे लघुवित्तले प्रभावकारी फिल्ड व्यवस्थापन कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता३ पुष, २०७८
    १०३७ पटक
    ३ पुष, २०७८

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी र प्रोडक्ट लन्च कार्यक्रम विराटनगरमा सम्पन्न गरेको छ । प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्ये ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठी सम्पन्न गरेको हो ।
    प्रत्येक कर्मचारीलाई कम्तिमा वर्षमा १ पटक तालिम, गोष्ठीलगायत कार्यक्रममा सहभागी गराई उनीहरुको क्षमता विकास गर्न यस अघि प्रदेश १ र २ मा गरी १२० जना फिल्ड कर्मचारीहरुलाई गोष्ठीमा सहभागी गराई सकेको छ भने यस्ता कार्यक्रम निरन्तर चलिरहने संस्थाका योजना विभागका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखद्वय ऋषिप्रसाद न्यौपाने, दिनेश कटुवाल र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।
    सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले दैनिक मौजदातमा ८ प्रतिशतका दरको समृद्घि बचत खाताको शुुभारम्भ गर्नुभएको थियो । यो प्रोडक्टले ग्राहक सदस्यहरुमा बचत गर्ने बानीको विकास हुने र जम्मा गरेको रकमको उचित मूल्य पाउने संस्थाले विश्वास लिएको छ ।
    नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्तसम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखामार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको समेत उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्