News Portal

  • बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    ११२९ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
    त्यस्तै, सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
    बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्