News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा दुईवटा संस्थालाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    १०४३ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस महिना दुईवटा संस्थालाई सहयोग गरेको छ ।
    बैंकले ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजारको आर्थिक सहयोग गरेको छ ।
    यस्तै बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई, सोही आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निःशुल्क टेबल टेनिसको तालिम दिन बैंकले ४० हजारको आर्थिक सहयोग हस्ताणतरण गरेको छ ।
    बैंकले आफ्नो सामाजिक उत्तरदायित्वमार्फतको यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको जनाएको छ ।
    बैंकले एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्