News Portal

  • एनसीसी बैंकको ४ निक्षेप खाता सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
    ८४६ पटक
    २५ मंसिर, २०७८

    काठमाडौं । एनसीसी बैंकले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले एनसीसी सिल्भर सेभिङ्ग खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता र एनसीसी सिल्भर रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
    वार्षिकोत्सवका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । हालसम्म बैंकले हाल १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्