News Portal

  • प्रभु बैंकले लाभांश पारित गर्न डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    ८०९ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसन गर्ने गरिनेसम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई सभाले अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
    सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस ४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्