आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
२० मंसिर, २०७८काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५७ प्रतिशत गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।