काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोस्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले बताए ।
बैंकको अनुसार सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइने बैंकले जनाएको छ ।
‘कामना सेवा फुटसल प्रतियोगिता’ बैंक तथा वित्तीय संस्थाहरुबीच हुने
आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
२० मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो