काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताउनुभयो । उहाँले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताउनुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि रा.वा.बैंक एक नम्बरको बैंक हुने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिँदै आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका–५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं.४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाल निर्माण सामाग्री ब्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शाखा प्रबन्धक कविराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन
आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७८
१६ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो