काठमाडौं । एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो ।
यससँगै बैंकले ‘बैंक अफ दि एशिया २०२१’ नामक अवार्ड पाएको छ । बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो ।
त्यस्तै, एनएमबि ‘बैंक अफ दि एशिया’ बन्ने पहिलो नेपाली बैंक बनेको छ ।
उक्त अवार्ड घोषणा कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले यो सबैको जित भएको बताए । उनले यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको लागि गौरवको विषय भएको बताएका छन् ।
१ शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा सुरु गरेको बैंकले १३ वर्षको यात्रामै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले यो सम्भव भएको उनी बताउँछन् । साथै, दीगो बैंकलाई मध्यनजर गर्दै एनएमबिले काम गर्दै गएको बताउँदै उनले विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रुपमा रहेको समेत जानकारी गराएका छन् । त्यस्तै, ठूला ठूला बैंकले नपाएको यो अवार्ड एनएमबिले पाउँदा निकै खुशी भएको सुनाउँदै उनले नेपालमा पनि थुप्रै काम र योजनामा एनएमबि पहिलो बैंक बनेको बताए । बैंकले नयाँ नयाँ योजना लिएर बैंकिङ क्षेत्रमै योगदान गर्दै आएको उनले बताए ।
‘हामीले ऊर्जामा ठूलो लगानी गरेका छौं, उद्योगमा पनि ठूलो लगानी गरेका छौं, व्यवसायभन्दा पनि दीगो बैंकिङ कसरी बनाउन सकिन्छ ? त्यसमै हामी काम गरिरहेका छौं,’ उनले भने ।
यो अवार्डले नेपालको बैंकिङ क्षेत्रलाई थप हौसला र प्रोत्साहन गर्ने उनको भनाई छ । धेरै बैंकहरु नेपालमा लगानी गर्न तयार रहेको र यस अवार्डले थप चुनौति बढाएको उनी बताउँछन् ।
एनएमबि बैंक, ‘बैंक अफ दि एशिया’ अवार्डद्वारा पुरस्कृत
आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
१५ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन