काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकालगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोहीअनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताउनुभयो । उहाँले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघसंस्था तथा व्यवसायीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर वडा नम्बर ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्या, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, सहायक प्रबन्धक लूजः श्रेष्ठ, शाखा प्रबन्धक एलिसा कायस्थ, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरुलगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन उपप्रबन्धक जितेन्द्रसिंह थापाले गर्नुभएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन
आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७८
१४ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?