काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फरेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १,९७,८५,८४,६००।– को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १०,८६,६५,४००।– (अक्षेरुपी दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय मात्र ।) बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत रु. ५७,१९,२३१।५७ (अक्षेरुपी सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा मात्र ।) नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक (Fraction Share) शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक (Fraction Share) शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकि रहन आउने दशमलब पछिको अंक (Fraction Share) शेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ ।
बोनस शेयर जारीपश्चात बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता१० मंसिर, २०७८
१० मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?