काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, योजना विभागका विभागीय प्रमुख कृष्णबहादुर खड्का र प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिएका हुन । साथै अन्य सबै विभागीय प्रमुखहरुले आ–आफ्नो विभागीय प्रस्तुति दिएका थिए ।
उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकारी भोजराज बस्यालले हाल लघुवित्त क्षेत्रमा देखिँदै गएको समस्या, चुनौती तथा समाधानका उपाएहरुका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्त सम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखामार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
नेरुडे लघुवित्तको प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि सम्पन्न
आर्थीकसंसार संवाददाता११ मंसिर, २०७८
११ मंसिर, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?