News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७८
    ७५५ पटक
    ८ मंसिर, २०७८

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समूह सदस्यहरुलाई राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
    संस्थाले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७, मा अवस्थित शाखा कार्यालय रैकवा र विचवामा आवद्ध करिव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करिव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्ति बजारमा आवद्ध ४८ जना गरी १२४८ जना समूह सदस्यहरुलाई करिव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेलर नुनसहित वितरण गरेको हो ।
    तिनवटा फरकफरक स्थानमा भएको औपचारिक कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखा कार्यालय रैकवा र विचवामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका प्रमुख सुवास चन्द्र घिमिरे, शाखा कार्यालय लालझाडीमा भएको कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक र शाखा कार्यालय शान्ति बजारमा भएको कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आतिथ्यता र जनप्रतिनिधि, पत्रकार, स्थानीयको उपस्थिति रहेको थियो ।
    राहातवितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माले सामाजिकभावका साथ बेमौसमी वर्षाका कारण क्षतिव्य होर्नु परेका संस्थामा आवद्ध समूह सदस्यहरुलाई स्थानीय निकायसँगको समन्वयमा थोरै भए पनि राहात प्रदान गर्ने उद्देश्यले समूह सदस्यमाझ राहात वितरण गरिएको जनाएको छ ।
    वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुरसम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरी करिव ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारिएका समुदायमा वित्तीय सेवा पुर्याई आएको र समुदायमा रहेको सीप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्