News Portal

  • ज्योति विकास बैंकद्वारा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    १०३२ पटक
    ५ कार्तिक, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np  का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।
    बैंकले यही मंसिर ५ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवद्र्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।
    ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसँगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरुसम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, Self-Account Link, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्गसम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले सेल्फ रजिष्टार गरी बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारी पाउन सक्नेछन् ।
    यो सुविधा नयाँ प्रयोगकर्ताहरुले Appstore अथवा Playstore बाट एपलाई डाउनलोड गरी र पुराना प्रयोगकर्ताहरुले एपलाई अपडेट गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् । बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको समेत बैंकले विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्