News Portal

  • एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेस्डरमा दीपक र दीपा नियुक्त

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७८
    १५८२ पटक
    ४ मंसिर, २०७८

    काठमाडौं । नेपाली एलपीजी ग्यास उद्योग समूह एभरेष्ट ग्यास संसारले दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । स्थापनाको तीन दशकपछि बजारमा ब्राण्डिङको नयाँ शैली पछ्याउँदै लागि एम्बेस्डर नियुक्त गरेको हो ।
    कम्पनीले आफ्नो ब्राण्ड विस्तारसँगै मुलुकको हरेक क्षेत्रमा ग्यास प्रयोग र सुरक्षामा सचेतना ल्याउने उद्देश्यले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ‘एलपीजी ग्यास बिक्रीमा एभरेष्ट ग्यास संसार नै अगाडि छ । ब्राण्डिङ विस्तार आफ्नो ठाउँमा छ । बिक्री बढाउनुभन्दा पनि ग्यास प्रयोग, सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ब्राण्ड एम्बेस्डर नियुक्त गरेका हौं’, उनले भने, ‘एभरेष्ट ग्यास संसार जनताको ब्राण्ड हो ।’
    ग्राहक सेवा सुविधालाई मध्यनजर गर्दै कम्पनीअन्तर्गतको कुनै पनि ब्राण्डको सिलिण्डर निःशुल्क साट्न सकिने अफर ल्याइएको जानकारी उनले दिए ।
    कम्पनीले आफूअन्तर्गत एभरेष्ट, त्रिशूल, भैरहवा, कामख्या, प्रिमा, सहारा, सैपाल, सुगमलगायत सात ब्राण्डका ग्यास बिक्री वितरण गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्