काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिले पटक घरजग्गाको मूल्य बृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरको छ । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा मूल्यबृद्धि २६.४५ प्रतिशत रहेको पाइएको छ ।
यो तथ्याङ्क वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा गरेको घर जग्गाको मूल्याङ्कनको आधारमा तयार गरिएको राष्ट्र बैंकले जनाएको छ । मालपोत कार्यालयबाट संकलित तथ्याङ्कको आधारमा भने मूल्यबृद्धि १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ ।
नेपालमा घरजग्गा मूल्य सर्वेक्षण गरिएको यो पहिलो अवसर हो । राष्ट्र बैंकबाट जारी गरिने मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकाङ्क महत्वपूर्ण हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय क्षेत्र विकास रणनीति (२०७४–२०७७/७८) मा घरजग्गा मूल्य सूचकाङ्क तयार गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएकोमा आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो ।
घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम छ वटा महानगर क्षेत्रलाई तथ्याङ्क स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।
सो स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्याङ्क सङ्कलन गरिएको हो ।
नेपालको सन्दर्भमा तथ्याङ्क उपलब्ध हुनसक्ने आधारमा दुईवटा स्रोतबाट तथ्याङ्क सङ्कलन गरेर घरजग्गा मूल्य सूचकाङ्क तयार गरिएको छ । एउटा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गर्दा राख्ने थैली रकम र दोस्रो बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरुप राखिने घरजग्गाको मूल्याङ्कनसम्बन्धी तथ्याङ्कको आधारबाट घरजग्गाको मूल्य सङ्कलन गरिएको छ ।
घरजग्गा मूल्य सूचकाङ्क निर्माणको लागि भाराङ्क निर्धारण गर्ने सम्बन्धमा २०७५÷७६ को घरजग्गा रजिष्ट्रेशनको कुल कारोबार संख्यालाई आधार मानी भार निर्धारण गरिएको छ । उक्त भाराङ्कलाई जिल्लागत, प्रदेशगत एवम् राष्ट्रियस्तरमा समेत निर्धारण गरिएको छ । राष्ट्रियस्तरमा जग्गा मात्रको भाराङ्क ७६.६७ प्रतिशत र घरजग्गाको भाराङ्क २३.३३ प्रतिशत रहेको पाइएको छ ।
मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २,०९६ र जग्गातर्फ ८१,९५६ मध्ये ८,२४० वटा गरी कुल १० हजार ३३६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो ।
यसैगरी, वाणिज्य बैंकबाट प्राप्त तथ्याङ्कमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १,३३२ र १,१४४ गरी कुल २ हजार ४७६ वटा कारोबारलाई नमूनाका रुपमा लिइएको थियो । घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले पहिले पटक घरजग्गाको मूल्य बृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक
घर जग्गाको मूल्यबृद्धि २६ प्रतिशत
आर्थीकसंसार संवाददाता३ मंसिर, २०७८
३ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान