News Portal

  • नबिल बैंकले सल्यानको दार्मा गाउँपालिकाका उद्यमीलाई सस्तोमा कर्जा दिने

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७८
    ११५४ पटक
    ३० कार्तिक, २०७८

    काठमाडौं । सल्यानको दार्मामा नबिल बैंकको बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकले दार्मा गाउँपालिकासँग उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ ।
    दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निमबहादुर केसीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    उक्त साझेदारीमार्फत बैंकले गाउँपालिकाको स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने छ ।

    प्रतिकृया दिनुहोस्