News Portal

  • सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०७८
    ११७० पटक
    २९ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी स्व. बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गाईघाट शाखाले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको हो ।
    भगतले सिटिजन लाइफमा शुभारम्भ योजनाअन्तर्गत १५ लाखको बीमा गरेका थिए । बीमा गरेको एक वर्षपछि उनको मृत्यु भएपछि मृत्यु दावी रकम भुक्तानी दिएको कम्पनीले जनाएको छ । गत असोज २६ गते स्व. बविताको मृत्यु भएपछि उनका हकवाला छोरालाई १५ लाख ९० हजारको दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
    अर्धवार्षीय प्रिमियमअन्तर्गत ८३ हजार ८३४ रुपैयाँ बराबर भुक्तानी गरेकोमा बीमा वापत १५ लाख र बोनस वापत ९० हजार गरी १५ लाख ९० हजार हस्तान्तरण गरिएको हो ।

    प्रतिकृया दिनुहोस्