News Portal

  • साना किसान लघुबित्तले तीन महिनामा साढे १६ करोड मुनाफा आर्जन

    आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०७८
    १०६५ पटक
    २६ कार्तिक, २०७८

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
    लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    असोज मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी ११ दशमलव ९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ५६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १५ दशमलव ९५ प्रतिशत र कर्जा २९ दशमलव २६ प्रतिशत बढेको छ ।
    त्यस्तै, लघुवित्तको चुक्ता पुँजी २५ दशमलव १२ प्रतिशत बढेको छ भने जगेडा कोष १८ दशमलव ३५ प्रतिशत बढेको छ ।
    समीक्षा अवधिमा नाफा बढे पनि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । तीन महिनामा प्रतिसेयर आम्दानी ५६ रुपैयाँबाट तीन रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३ दशमलव ५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा छ ।

    प्रतिकृया दिनुहोस्